Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

मणिपुर : इम्फालमा हिंसापछि फेरि कर्फ्यू लागू

sharethis sharing button

एजेन्सी । मणिपुरको राजधानी इम्फालमा सोमबार भएको आगजनीपछि तनावको अवस्था सिर्जना भएको छ । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ भने क्षेत्रमा कर्फ्यू लगाइएको छ । रिपोर्टका अनुसार सोमबार इम्फालका केही घरमा भीडले आगजनी गरेको थियो।

यसपछि सेनालाई स्थिति सम्हाल्न भनिएको अधिकारीहरूले बताएका छन् । पछिल्लो हिंसात्मक घटनापछि उक्त क्षेत्रमा तनाव फैलिएको छ । आगजनीको घटनापछि प्रदेश सरकारले उक्त क्षेत्रमा फेरि कर्फ्यू लगाएको छ । यसअघि बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म कर्फ्यु खुकुलो बनाइएको थियो ।

अधिकारीहरुबाट प्राप्त जानकारी अनुसार सोमबार बिहान करिब १०ः३० बजे इम्फाल पूर्वी जिल्लाको न्यू चेकोन बजार क्षेत्रमा बजारको एउटा ठाउँलाई लिएर विवाद भएको थियो । यसपछि झडप सुरु भएको थियो ।
दिउँसो दुई बजेतिर भीडले घरमा आगजनी गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

यसअघि मे ३ मा मणिपुरमा हिंसा भड्किएको थियो । मैतेई समुदायलाई आदिवासी जनजातिको हैसियत दिएको विरुद्ध ‘आदिवासी ऐक्यबद्धता’ र्‍याली निकालिएको थियो ।  मैतेई मणिपुरको जनसंख्याको ५३५ रहेका छन् र अधिकतर उपत्यकामा बस्छन्। त्यस्तै, ४० प्रतिशत जनजातिमा नागा र कुकी समुदाय रहेका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com