Yeti Khabar

२०८१ पुष ६, शनिबार - Sat Dec, 2024 -

स्वास्थ्य मन्त्रालयका ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर

sharethis sharing button

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन्।

उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालका अनुसार मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ।

जिम्मेवारी हेरफेर भएसँगै औषधि व्यवस्था विभागको महानिर्देशक नारायण ढकाल भएका छन्।

परोपकार प्रसूति गृह स्त्रीरोग अस्पतालको निर्देशक डा. श्रीप्रसाद अधिकारी भएका छन् भने राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. बद्री रिजाललाई दिइएको छ।

राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई पठाइएको छ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. रूद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा. अनुज भट्टचनलाई जिम्मेवारी तोकिएको छ।

यसैगरी मन्त्री बस्नेतले डा. चुमनलाल दास र डा. यदुचन्द्र गौतम मन्त्रालयमा काम गर्नेगरी जिम्मेवारी दिएका प्रेस सल्लाहकार दुलालले जानकारी दिए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com