Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टापछि खुल्यो

भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ । गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो ।

बिग्रिएको रेलको ट्रयाक पुनर्निमार्ण भएसँगै बन्द भएको रेल सेवा फेरि सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  त्यहाँका रेलमन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल वे सेवा सुरु गर्नु भएको हो ।  उहाँले यो घटनाको दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुने पनि बताउनु भएको छ ।

रेल मन्त्री वैष्णवले दुर्घटनाको मूल कारण र जिम्मेवार व्यक्तिको पहिचान समेत भएको दाबी गर्नु भएको छ । तर, यसबारे थप जानकारी सार्वजनिक गरिएको छैन । उहाँले सिग्नलमा त्रुटि हुनु दुर्घटनाको सम्भावित कारण भएको बताउनु भएको छ ।

गएको  शुक्रवार भएको दुर्घटनामा  दुई वटा रेलमा रहेका २ सय ७५ जना यात्रुको ज्यान गएको पुष्टि भएको छ । एक हजार जनाभन्दा धेरै घाइते भएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com