काठमाण्डौ भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी नयाँ बसपार्कबाट मात्रै छुट्ने
असार, १ काठमाण्डौ । काठमाण्डौ भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी आजदेखि नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्ने भएका छन् । काठमाण्डौ महानगरपालिकाले गएको १९ गते सार्वजनिक सूचना निकालेर आजदेखि नयाँ बसपार्कबाट मात्रै गाडी सञ्चालन गर्न भनेको थियो ।
यस्तै, महानगरपालिकाले नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन समेत निर्देशन दिएको थियो । नयाँ बसपार्कबाट मात्रै लामो तथा मध्यम दूरीका गाडी चले–नलचेको तथा बसपार्क बाहिरका टिकट काउन्टर हटाएरनहटाएकोबारे महानगरले अनुगमन समेत गर्दैछ ।