नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकियो
असार,१ काठमाण्डौ । नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकिएको छ । काठमाण्डौ जिल्ला अदालतमा सरकारी वकिलहरूले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो ।
हिजो अभियुक्ततर्फका वकिलको बहस सकिएपछि आज सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका छन् । उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् । सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पुर्याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।