जितेन्द्र बस्नेत भए काठमाडौंका सिडिओ
असार,२० काठमाडौं । सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सिडियो) भएका छन्। उनी यसअघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।
हिजो बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरूवा गरेको हो। यसअघि बस्नेत राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक, गोरखा, चितवन, पर्साका प्रमुख जिल्ला अधिकारी भइसकेका छन्।