संसदको अवरोध हटाउन ३ नेता छलफल गर्दै
असार,२५ काठमाडौं । संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू बस्दैछन्। प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो।
‘गतिरोध अन्त्यका लागि शीर्ष नेताहरू दिउँसो १ बजे छलफल गर्ने तयारी रहेको बुझेका छौं,’ एमालेका नेताले भने। प्रमुख दलका शीर्ष नेताहरूबीच हिजो पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।