प्रतिनिधि सभा बैठक आज बस्दै
भदौ,३ काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत विभिन्न ८ कार्यसूची छ।
पछिल्लोपटक साउन २९ को बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि स्थगित भएको थियो। एमालेले साउन १० गतेदेखि लगातार संसद अवरूद्ध गर्दै आइरहेको छ।