सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई पूर्वप्रधानमन्त्री भट्टराईले दिए अन्तिम श्रद्धाञ्जली
भदौ,२६काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
आज दिउँसो एमाले मुख्यालय च्यासल पुगेर पूर्वप्रधानमन्त्री भट्टराईले पूर्वसभामुखसमेत रहेका नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शिक्षण अस्पतालबाट एमाले मुख्यालय च्यासलमा ल्याइएको हो ।