सबैतिर मूल्यवृद्धि छ, सरकारप्रति भरोसा छैन: सांसद प्रदीप पौडेल
असोज,१८ काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अहिले सबै चिजको मूल्यवृद्धि भइरहेको बताए।
‘अहिले सबै चिजको मूल्यवृद्धि भइरहेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै नबढेको स्थिति छ,’ उनले भने, ‘देखावटी रूपमा अनुगमन गर्ने होइन, मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव सिर्जना नहुने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्।’कतिपय बस्तुमा ४५ प्रतिशतसम्म मूल्यवृद्धि भएको उनले बताए।