मन्त्रिपरिषद्को बैठक जारी
कार्तिक,१९ काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
बैठकले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्नेछ। हिजो प्रधानमन्त्री प्रचण्ड आफैं जाजरकोट र रूकुम पश्चिम पुगेर भूकम्पले पुर्याएको क्षति निरीक्षण गरी काठमाडौं फर्किएलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।
प्रधानमन्त्री प्रचण्डले आजै बिहान ९ बजे बस्नेगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएको पनि प्रेस सल्लाहकार आचार्यले बताए ।