एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी
१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक दोस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालयमा जारी छ । हिजो बसेको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा निर्णय लिन नसकेपछि आज पुनः बैठक बसेको हो ।
पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार आजको बैठकले महाधिवेशनको दोस्रो मिति तय गर्ने छ । हिजोबसेको बैठकमा कार्यतालिका सार्वजनिक भइसकेको राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेर सकिएको थियो ।