सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष,१९ काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प मापन भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १०:१७ बजे भूकम्प गएको छ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो। उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो।