सरकारले पहिलो पटक अन्नबालीको हाइब्रिड जातको बिउ विकास गर्न निजी क्षेत्रलाई अनुमति
।२५ माघ, काठमाडौं । सरकारले पहिलो पटक अन्नबालीको हाइब्रिड जातको बिउ विकास गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा केही दिन अघिको मन्त्रिपरिषद् बैठकले तीन वटा फरक–फरक कम्पनीलाई यस्तो अनुमति दिएको हो ।