माओवादी केन्द्रको संसदीय दलको बैठक भोली बस्ने
माघ,२२ काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक भोली पनि बस्ने भएको छ । आज बसेको बैठकमा सुरुमै पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा बताए । उनले सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि निर्देशन दिएका थिए ।
त्यसपछि १२ जना सांसदले आफ्नो धारणा राखेको माओवादी सांसद लेखनाथ दाहालले बताए । ‘बाँकी माननीयहरुले भोलि बिहान ९ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्नुहुन्छ । अन्तिममा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि संसदीय दलको बैठक सकिन्छ’। सांसद दाहालले बताए