सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै
माघ,२४ काठामाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्नेछ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो ।
पहिलो बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो । तर, गत असारमा बसेको पहिलो बैठकले गरेका निर्णय कार्यान्वयन नभएको भन्दै गत पुसमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले हेटौँडामा बैठक बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका थिए ।