नेकपा माओवादी केन्द्रको बैठक बस्दै
माघ,२६ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँमा सुरु हुने बैठक आज र भोली गरी २ दिनसम्म बस्नेछ।
बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ बताइएको छ। गत २८ पुसमा बसेको स्थायी समितिको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संसोधन गर्ने प्रस्ताव गरेको थियो।