कोशीमा कांग्रेसले दियो धोका : प्रचण्ड
२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको बताएका छन् । आज पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले यो धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।
‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ’, बैठकमा प्रचण्डले व्यक्त गरेको भनाइबारे एक केन्द्रीय सदस्यले भने, ‘यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्याएको छ ।’