थप ४ जना कोरोना संक्रमित ४८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार अहिले देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् भने २०८२८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।