कैलालीमा बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु
फागुन, ६ काठमाडौं । कैलालीमा पानी भरिएको बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु भएको छ। टीकापुर नगरपालिका-१ शान्तिनगरकी सृतना चौधरीकी छोरी आरोहीको हिजो पानीमा डुबेर मृत्यु भएको छ।
नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ।हिजो उनी चमेलीपुर मामाको घर आएकी थिइन्।बाल्टीमा डुबेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।