Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

भारतमा ठोक्किए केबलकार दुई जनाको मृत्यु, हिजोदेखि अड्किएका छन् दर्जनौं मानिस

भारत झारखण्डमा आइतबार केबलकार आपसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।

इन्डिया टुडेले केबलकारमा अड्किएकाहरूको सोमबार दिउँसोसम्म उद्धार हुन नसकेको उल्लेख गरेको छ। १२ वटा केबलकारमा अहिले पनि ४८ जना मानिसहरू केबलकारमा अड्किएका छन्।

केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्‍याइएको छ। भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।
त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो।
प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।( एजेन्सी)

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com