Yeti Khabar

२०८१ कार्तिक ११, आईतवार - Sun Oct, 2024 -

राष्ट्रिय सभाका मनोनीत सदस्य दाहालले लिए शपथ

काठमाडौँ २९ चैत । राष्ट्रियस भाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन् ।

शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए । अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामनासमेत दिए । शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलगायतको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन् । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, २ को खण्ड ख बमोजिम उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com