थप २३ जनामा सङ्क्रमण पुष्टि मृत्युदर शून्य
काठमाडौं, चैत २९ । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय ६६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी, १२ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । २४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्य छ भने
मन्त्रालयका अनुसार २४ घण्टामा ३७ जनाले कोरोना जितेका छन् ५५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।