तीन लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जना पक्राउ
काठमाडौं ३० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जना पक्राउ
आयोगले घुस लिएको आरोपमा श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहा रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई पक्राउ गरेको हो।
प्रवक्ता भण्डारीका अनुसार ठाकुर र झालाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरिएको हो।