स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र : ओली
३० चैत, काठमाडौं। नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
आज मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको छ ।
उनले देश टाट उल्टिने अवस्थातर्फ गएको समेत बताएका छन् । देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको भन्दै उनले भने, ‘हाम्रै अगाडि श्रीलंकाको उदाहरण छँदैछ । श्रीलंका अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको छ, नेपाल त्यता जाँदैन भन्न सकिंदैन ।