Yeti Khabar

२०८१ मंसिर १०, सोमबार - Mon Nov, 2024 -

उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै, एशियाबाट भने नदेखिने

आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दैछ । दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्ने भएकाले त्यस क्षेत्रका मानिसले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन् । नेपाल र एशियाका अरु देशबाट भने यसपालि खग्रास सूर्यग्रहण देखिने छैन ।

 सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ । खग्रास ग्रहणका समयमा केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट आकाश पूरै अँध्यारो हुन्छ र रात परे जस्तो देखिन्छ । आज खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा शुरु हुने बीबीसीले जनाएको छ ।

पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पुगेको अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ र त्यसको छायाँ पृथ्वीमा पर्छ । चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी तीनवटै सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ ।

नासाका अनुसार ‘खगोलीय संयोगका कारण मात्र खग्रास सूर्यग्रहण सम्भव’ हुन्छ । किनभने सूर्य चन्द्रमाभन्दा ४ सय गुना ठूलो हुनुका साथै दूरीका हिसाबमा ४ सय गुणा टाढा छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com