चट्याङ लागेर गोरखामा एक युवक बेहोस
काठमाडौं ३० चैत ।चट्याङ लागेर गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा एक युवक बेहोस भएका छन्। साँझको हावाहुरी र वर्षात सँग चट्याङ पर्दा १६ वर्षका कैलाश भण्डारी घाईते भएका हुन्।
महेन्द्रलीला मावि हर्मीमा कक्षा ११ मा पढ्ने भण्डारी चट्याङ लागेर बेहोस भएका हुन्। उनलाई उपचारका लागि आँपपिपल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताएका छन।