परिवार दलले सूर्य चिन्हमा चुनावमा लड्ने
काठमाडौं ३० चैत । नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तह निर्वाचनमा तालमेल हुने भएको छ।
देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायत पाँच बुँदे सहमति भएको हो।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर भएको हो।
एकनाथ ढकाल अध्यक्ष रहेको परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउने भएको छ। साथै परिवार दलका उम्मेदवारलाई एमालेले सहयोग गर्ने भएको छ।
परिवार दलले सूर्य चिन्ह लिएर चुनाव उठ्ने भएको हो।