Yeti Khabar

२०८१ मंसिर २७, बिहीबार - Thu Dec, 2024 -

कुपन्डोलमा कारको ठक्करबाट भाँचियो बिजुलीको पोल

२९ वैशाख, ललितपुर । ललितपुर महानगरपालिका-१० कोपुन्डोलमा कार दुर्घटना भएको छ । आज बिहान साढे ५ बजे बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार सडकमा अनियन्त्रित भई छेउको विद्युत पोलमा ठोक्किएको हो ।

दुर्घटनामा कारमा क्षति पुगेपनि चालक भने सामान्य रहेको प्रहरी प्रभाग कोपुन्डोलले बताएको छ । कार महालक्ष्मी नगरपालिका सातदोबाटोका सञ्जित जोशीले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कारको ठक्करबाट पोलमा क्षति पुगेपछि त्यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com