Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

सेती नदी आसपासका १५ ठाउँमा ‘अलर्ट साइरन’ जडान शुरु

तनहुँ – तनहुँ जलविद्यु्त् आयोजनाले आपतकालीन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ ठाउँमा ‘अलर्ट साइरन’ जडानको काम शुरु गरेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो ।

झन्डै ३५ किलोमिटर दुरीमा ‘अलर्ट साइरन’ राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि अग्रिम सूचना दिन लागेको आयोजनाले जनाएको छ । भीमादको हुक्सेटार, दमौलीको तनहुँ सभाहल र आयोजना क्याम्पभित्र गरी तीन ठाउँमा जडान गरिसकिएको तनहुँ जलविद्युत् आयोजना वातावरण अधिकृत विशाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार इलाका प्रहरी कार्यालय बन्दीपुर साराडघाटसहित बाँकी ठाउँमा पनि बर्खाअघि नै ‘अलर्ट साइरन’ राखिसक्ने योजना छ । ‘अलर्ट साइरन’ वायरलेस र सोलारबाट चल्ने छन् । आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले बाढी पहिरोको समयमा अग्रिम सूचना दिनका लागि ‘अलर्ट साइरन’ उपयोगी हुने बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com