Yeti Khabar

२०८१ मंसिर ८, शनिबार - Sat Nov, 2024 -

क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे

क्यानडामा आगलागीका कारण हजारौँ मानिस घर छाडेर भागेका छन् । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण हजारौँ मानिस आफ्नो घरबाट भागेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पार्कर लेकबाट अस्ति शुक्रवार राति शुरु भएको आगो रातभरमा १७ वर्ग किलोमिटरसम्म फैलिएको थियो । सरकारले रातारात नजिकैका गाउँ खाली गराएर ३६ सय जनालाई अन्यत्रै सारेको छ । छिमेकी गाउँका हजारौँ जना सुरक्षित स्थानतर्फ लागेका छन् ।

तीव्र गतिको हावाका कारण एउटा रुख विद्युत लाइनमा खसेपछि आगलागी शुरु भएको थियो । त्यसपछि डढेलो नियन्त्रणबाहिर गएको खबरमा उल्लेख छ ।

क्यानडाको अन्तर–एजेन्सी वन आगो केन्द्रका अनुसार अहिले देशभर एक सय ३७ वटा डढेलो सक्रिय छन् जसमा ३९ वटा नियन्त्रणबाहिर पुगेका छन् । क्यानडा सरकारले देशभरको तापक्रम बढ्ने र थप आगलागीको चेतावनी दिएको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com