भरतपुर माओवादीलाई दिने पक्का : प्रचण्ड
५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति भइसकेको दाबी गरेका छन् ।
आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको बताएका हुन् ।
६ वटा महानगरपालिकामध्ये माओवादी केन्द्रले एउटा महानगरपालिका पाउनु स्वभाविक भन्दै प्रचण्डले त्यसमा जुन सजिलो हुन्छ त्यही लिनु उचित हुने बताए । त्यस आधारमा आफूहरुलाई भरतपुर नै उपयुक्त हुने उनको भनाइ छ ।
‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर माओवादीलाई नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ धेरैलाई, केही केहीलाई मात्र नलागेको होला ।