पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते
जेठ,३ काठमाडौं । पाल्पामा हिजो बेलुकी भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले बताएको छ ।
हिजो बेलुकी ६ बजे तिर निस्दी गाउँपालिका ४ मतियारडाँडाको भित्री कच्ची सडक खण्डमा भएको दुर्घटनामा निस्दी गाउँपालिका ४ का ६ वर्षीय राजिब सुनारी र २० वर्षीय तेजन सोमैको मृत्य भएको हो ।
नवलपरासी (बर्दघाट, सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ३ खादरका लागि छुटेको लु १ ज ३३२४ नम्बरको डवल क्याप पिकअप जिप दुर्घटनामा परेको हो ।