Yeti Khabar

२०८१ कार्तिक ९, शुक्रबार - Fri Oct, 2024 -

पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको ज्यान गयो

भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । अरु धेरै मानिस घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । हिजो चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालक, दुई जना युवा र अरु ज्येष्ठ नागरिक रहेका बीबीसीले जनाएको छ ।

पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि घाइतेको उपचार र ज्यान गुमाएकाको परिवारलाई निरन्तर सहयोग गरिरहेको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत माल्दामा चट्याङबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना रहेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com