Yeti Khabar

२०८१ कार्तिक २, शुक्रबार - Fri Oct, 2024 -

ललितपुरको भट्टेडाँडामा पहिरो खस्दा दुई जना घाइते

जेठ, १५ काठमाडौं । ललितपुरको भट्टेडाँडामा सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन्। आज बिहान पौने १० बजे बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडा खरिबासमा सुख्‍खा पहिरो खसेर दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।

उनका अनुसार सुख्खा पहिरो ट्याक्टर र मोटरसाइकलमाथि खसेको थियो। पहिरो खसेर लाग्दा प्रदेश २-०३-००४ प – ५६६१ नम्बरको मोटरसाइकल चालक घाइते छन्। उनको उपचारको लागि नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको छ। स १ त ७३१८ नम्बरको ट्याक्टर चालक भने सामान्य घाइते छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com