गण्डकीको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नियुक्त हुँदै
जेठ,१६ काठमाडौं । गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदै छन् । उनी ठूलो संसदीय दलको नेताको हैसियतमा नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
मुख्यमन्त्री खगराज अधिकारीले संविधानसम्मत रूपमा विश्वासको मत नपाएको भन्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही फैसलाअनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।