Yeti Khabar

२०८१ कार्तिक २, शुक्रबार - Fri Oct, 2024 -

चितवनमा बजार अनुगमनबाट खाद्य स्वच्छतामा केही सुधार देखिएको दाबी

चितवन – चितवनमा बजार अनुगमनबाट खाद्य स्वच्छतामा केही सुधार देखिएको सम्बन्धित निकायले दाबी गरेको छ । निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा सुधार आएको खाद्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख सौरभ श्रेष्ठका अनुसार कार्यालयले चालू आर्थिक वर्षमा खाद्य बजार अनुगमन ८० पटक, दाना बजार अनुगमन २० पटक, होटल रेष्टुराँ ४३ पटक, खाद्य उद्योग ८२ पटक अनुगमन गरेको थियो । यस्तै दाना उद्योग १६, हाटबजार मेला तथा महोत्सव अनुगमन सात, संवेदनशील खाद्य पदार्थका उद्योग १० पटक अनुगमन गरेको छ । उहाँका अनुसार स्थानीय सरकारसँगको समन्वयमा पटक पटक संयुक्त बजार अनुगमन गरिएका कारण खाद्य स्वच्छतामा सुधार आउन थालेको हो ।

विश्व खाद्य स्वच्छता दिवसको सन्दर्भमा कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको छ । कार्यालयले सप्ताहाव्यापी रूपमा सचेतना जगाउने कार्यक्रम गर्दैछ । जसअन्तर्गत सात वटै पालिकामा सचेतनामूलक ब्यानर टाँस्ने, फलफूल पकाउन प्रयोग हुने रसायनसम्बन्धी अनुगमन, उद्योग अनुगमन, सेवाग्राहीसँग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com