Yeti Khabar

२०८१ मंसिर १२, बुधबार - Wed Nov, 2024 -

कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु

जेठ, २७ काठमाडौं । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रका अनुसार दिपेशलाई २५ गते राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो।

तर असर ढिला गरेर देखिएपछि समयमै उपचार नभएको उनले जानकारि दिए । २६ गते राति ३ बजेमात्रै सर्पको टोकाईको असर बालकमा देखा पर्न थाल्यो। परिवारले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए। हिजो बिहान ६ बजे उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com