लोक गायक विष्णु खत्री मेयर उम्मेद्वारमा सिफारिस
७ वैशाख काठमाडौं नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस गरेको छ
नेकपा माओवादी केन्द्र गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।
मेयरमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेललाई पनि उम्मेद्वार सिफारिस गरेको छ ।