Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

चीनमा सय दिने भर्ती अभियान शुरु

चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले स्नातक तह सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले सय दिने भर्ती अभियान शुरु गरेको छ । अभियानको पहिलो हप्तामा चारवटा अनलाइन रोजगार मेलाहरू हुनेछन् ।

यसमा लगभग २६ हजार रोजगारदाताले इन्टरनेट, स्वास्थ्य सेवा, वित्त, ऊर्जा र उत्पादन क्षेत्रमा दुई लाख ५९ हजार रोजगारीको अवसर प्रदान गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यस वर्ष चीनमा एक करोड १७ लाखभन्दा धेरै विद्यार्थीहरूले स्नातक गर्न लागेका सन् २०२४ को सरकारी कार्य प्रतिवेदनमा उल्लेख  छ ।

युवा लक्षित रोजगारी प्रवर्द्धन गर्न र उनीहरूलाई जागिर सुरक्षित गर्न वा व्यवसाय शुरु गर्न मद्दत गर्न अझ राम्रो मार्गदर्शन र सेवाहरू प्रदान गर्न आवश्यक रहेको प्रतिवेदनले औल्याएको छ  । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com