Yeti Khabar

२०८१ कार्तिक ९, शुक्रबार - Fri Oct, 2024 -

भारतको पश्चिम बङ्गालमा बर्ड फ्लूको कुनै जोखिम छैन : स्वास्थ्य अधिकारी

भारतको पूर्वी राज्य पश्चिम बङ्गालका स्वास्थ्य अधिकारीले ‘एभियन इन्फ्लुएन्जा’ वा बर्ड फ्लूको प्रकोपको कुनै खतरा नरहेको बताएका छन् । उनीहरुले आत्तिनुपर्ने कारण नरहेको र मानिस वा चराबाट बर्ड फ्लू सर्ने नयाँ घटना नदेखिएको बताएका छन् । कुखुरा, अण्डा र हाँसको मासु तथा उत्पादनको उपभोगमा कुनै प्रतिबन्ध नरहेको पनि जानकारी दिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्वास्थ्य विभागका अनुसार मालदा जिल्लामा एक बच्चालाई गएको जनवरीमा ‘एभियन इन्फ्लुएन्जा’ पत्ता लागेको थियो । चार वर्षका ती बालकलाई ‘एच–९ एन–२’ भाइरसबाट हुने बर्ड फ्लूको सङ्क्रमण देखिएको थियो । केस पत्ता लागेपछि स्वास्थ्य विभागले परिवारका सदस्य र अन्य व्यक्तिको निगरानी गरेको थियो । तर कसैमा पनि भाइरसको सङ्क्रमण देखा नपरेको स्वास्थ्य अधिकारीको भनाइ छ ।

सन् २०१९ मा पहिलो पटक भारतबाट विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई सूचित गरिएको एभियन इन्फ्लुएन्जा (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो । त्यसैअनुसार डब्लूएचओले हालै पश्चिम बङ्गालमा बर्ड फ्लूको एक मानव केसको पुष्टि गरेको थियो । सङ्क्रमण भएका ती बच्चा निको भएको र तीन महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com