Yeti Khabar

२०८१ कार्तिक १०, शनिबार - Sat Oct, 2024 -

इटालीमा दुई वटा पानी जहाज डुब्दा ११ जना आप्रवासीको ज्यान गयो

इटालीमा दुई वटा पानी जहाज डुब्दा ११ जना आप्रवासीको ज्यान गएको छ । लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल ११ वटा शव फेला पारेको बताएका छन् । जहाज दुर्घटनामा अरु ६० जना हराइरहेका आशंका गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

दुर्घटनामा ५१ जनाको भने उद्धार भएको छ । इटालीको तटरक्षकले जहाज दुर्घटनापछि वेपत्ता भएका मानिसहरूको खोजी गरिरहेको बताएको छ । समुद्रमा हराएकाहरू अफगानिस्तान र इरानबाट आएको बताइएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com