Yeti Khabar

२०८१ कार्तिक ९, शुक्रबार - Fri Oct, 2024 -

गाजामा खाना र पानीको अभावका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर

इजरायलले आक्रमण गरिरहेको गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । ४० डिग्री सेल्सियस आसपासको गर्मी, सीमित खानेकुरा र पानीको चरम अभावले बालबालिकामा कुपोषणसहित विभिन्न समस्या देखिएका बीबीसीले जनाएको छ ।

बीबीसीले प्रकाशन गरेको रिपोर्टमा एक जना बालककी आमा गनिमा जुमाले यसअघि आफ्नो छोराको स्वास्थ्य अवस्था निकै राम्रो रहेकोमा खाना र पानीको अभावसँगै अहिले अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ । उहाँका अनुसार बालबालिका पानीकै लागि टाढा–टाढासम्म यात्रा गर्छन् । कतै भेटिए पनि खुला भाँडामा टाढादेखि ल्याउँदा पानी फोहोर हुन्छ ।

इजारयल–गाजा युद्धमा घर ध्वस्त भएका कारण लाखौँ मानिस विस्थापित भएका छन् । उनीहरू अस्थायी शिविरमा बसिरहेका छन् । जहाँ तातो घामबाट उनीहरूलाई खासै सुरक्षा छैन । सफा वा प्रदूषित पानी पाउन गाजामा निकै सङ्घर्ष गर्नुपर्छ । वितरण केन्द्रमा लामो लाइन हुने गर्छ । ढल प्रणालीमा नराम्रो क्षति भएपछि र थोरै मात्र शौचालयका कारण त्यहाँको पानी सहजै प्रदूषित हुने गर्छ ।

गाजामा हरेक व्यक्तिको आन्द्रामा सङ्क्रमण देखिन थालेको र त्यो प्रदूषित पानीका कारण रहेको नासेर अस्पतालका बालबालिका विभागका प्रमुख डाक्टर अहमद अल–फारीले बताउनुभएको बीबीसीले जनाएको छ । इजरायलले भने बालबालिकाले खाना र पानी नपाएको कुरालाई अस्वीकार गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com