Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

मेलम्ची खानेपानी आयाेजना आजदेखि बन्द हुने

काठमाण्डाै – मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।

मेलम्ची नदीको बहाव बढेर बाढी आएर धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । बाढी आएसँगै पानी धमिलिन थालेकाले आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब वर्षा कम भएपछि मात्रै आयोजना पुनः सञ्चालन हुने छ ।

गएको जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो तर ठूलो वर्षा नभएकाले आजसम्म सञ्चालन गरिएको हो । समितिका कार्यकारी निर्देशक लामिछानेका अनुसार परामर्शदाता तथा एशियाली विकास बैंकले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेको छ । अब मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् ।

औसत समयअनुसार नेपालबाट अक्टोबर २ तारिखमा मनसुन बाहिरिन्छ । मनसुनजन्य विपत्तिबाट आयोजनाको ‘हेडवर्क्स’ मा हुन सक्ने क्षति रोक्न वर्षायाममा आयोजना बन्द गरिँदै आएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com