Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

युक्रेनी राष्ट्रपति जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने योजनाको मस्यौदा तयार पार्दै

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ तयार गरिरहेको बताउनुभएको छ । जेलेन्स्कीले राजधानी किभमा पत्रकार सम्मेलन गरी विश्वको बहुमतले समर्थन गर्ने गरी युद्ध अन्त्यको योजना बनाइरहेको बताउनुभएको कतारी सञ्चारमाध्ययम अल जजिराले जनाएको छ ।

जेलेन्स्कीले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग पत्रकार सम्मेलन गर्नुभएको हो । उहाँले यो कूटनीतिक बाटो भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग अहिले कुनै वार्ता भने नभएको बताउनुभयो ।

युक्रेनले शान्ति वार्ता शुरू हुनअघि क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रुसले आफ्नो सेना फिर्ता लिनुपर्ने अडान लिएका कारण लामो समयदेखि दुई देशबीच वार्ता भएको छैन । पछिल्लो समय रुसी सेनाले युक्रेनमा आक्रमण बढाएका छन् ।

युक्रेनको झन्डै २५ प्रतिशत भाग रुसले पूर्ण रूपमा कब्जा गरिसकेको छ । युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सैनिक र नागरिकको उच्च मृत्युदरलाई औँल्याउँदै युद्ध अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताउनुएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com