Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

ढल्कुमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, ६जना घाइते

साउन, १७ काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–१७ ढल्कुमा हिजो दुई समूहबीच भएको झडपमा परी एक जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् । झडपका क्रममा धारिलो हतियार लागेर ढल्कु पोडेटोलका ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको छ ।

झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका प्रहरीले बताएको छ । घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com