Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आकस्मिक अवतरण

sharethis sharing button

वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ । 

एथन जुडेलसन नाम गरेका एक यात्रीले टिकटकमा आफ्नो यो अनुभव शेयर गरेका छन् । भिडियोलाई १२ लाखभन्दा धेरै पटक हेरिएको छ । विमानमा उपस्थित चालक दलका सदस्यहरूले आकस्मिक अवतरणबारे खासै जानकारी दिएका थिएनन् । जसले गर्दा यात्रीहरू अक्क न बक्क परेका थिए ।

‘मैले वरपर हेरेँ, कोही पनि विमानको भुँइमा थिएनन् न त कोही आत्तिएकै थिए । मलाई लाग्यो, त्यस्तो डरलाग्दो त केही पनि होइन रहेछ । हामी विमानबाट बाहिर निस्क्यौँ,’ जुडेल्सनले भिडियोमा भनेका छन् । बाहिर निस्कने बित्तिकै अरु यात्रुहरूले एक महिला यात्रीको टाउकोमा जुम्रा हिँडिरहेको देखेको भनेर कुरा गरिरहेका थिए ।

विमानमा सवार दुई जना केटीले एक महिला यात्रीको टाउकोमा जुम्रा हिँडिरहेको देखेको भनेर फ्लाइट अटेन्डेन्टलाई सूचना दिएपछि मेडिकल इमर्जेन्सीका कारण विमान अपर्झट अवतरण गराइएको थियो । तर विमान अवतरण गरिएको १२ घण्टापछि मात्रै यात्रुहरूलाई इमेलमार्फत यसको कारण बताइएको टिकटक भिडियोमा जुडेलसनले भनेका छन् । यस घटनाबारे अमेरिकन एयरलाइन्सले कुनै विज्ञप्ति जारी भने गरेको थिएन । सबै यात्रुहरूलाई पछि लस एन्जलस सुरक्षित पुर्‍याइएको थियो । यो घटना यही जुन १५ को हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com