Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

तनहुँकाे दमौली अस्पतालमा ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी बढे

तनहुँ  – तनहुँ सदरमुकाम दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । एक हप्तादेखि ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या धेरै बढेको अस्पतालले जनाएको छ ।

असारदेखि अहिलेसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सय जनासम्म ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

वर्षा लागेसँगै बिरामी बढेकाले उहाँले खानेकुरा,पानी र सरसफाइमा ध्यान दिन सुझाव दिनुभएको छ । पछिल्लो समय डेङ्गी सङ्क्रमण फैलिन थालेकाले लामखुट्टेको टोकाइबाट जोगिन पनि उहाँको सुझाव छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com