Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

काठमाण्डौ महानगरपालिका नजिकै भासियो सडक

साउन, २५ काठमाण्डौ । काठमाण्डौ महानगरपालिका कार्यालय नजिक सडक भासिएको छ । महानगरको कार्यालय रहेको काठमाण्डौ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । यो सडकले दरबारमार्गलाई जोड्छ ।

दरबारमार्गको महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने टुकुचा खोलामाथिको सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको महानगर प्रहरीले बताएको छ ।

सडक विभागअन्तर्गत पर्ने भासिएको सडक यसअघि एकतर्फी सञ्चालन हुँदै आएको थियो । यसअघि पनि सडक भासिएको थियो । त्यति बेला अस्थायी रूपमा मर्मत गरिएको थियो । सडक भासिएको जानकारी आएको र तत्कालै मर्मत गर्ने गरी प्रक्रिया अगाडि बढेको सडक विभाग अन्तर्गत सडक डिभिजन काठमाण्डौमा सूचना अधिकारी महानन्द बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com