खगेन्द्र सुनार प्रहरीको नियन्त्रणमा
साउन, २९ काठमाडौं । राज्यका निकायमा दलित समुदायलाई बेवास्ता गरिएको भन्दै धर्नामा रहेका खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साढे २ किलोको नेल शरीरमा बाँधेर प्रदर्शनरत उनले बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई प्रहरीले प्रहरी वृत्त बानेश्वरमा राखेको छ। उनी बुधबारदेखि माइतीघरमा धर्नामा बस्दै आएका छन्।